शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

झोलुंगे पुल शिलान्यास

झोलुंगे पुल शिलान्यास

रोदिक खबर

२, माघ २०७८
  • 2.8K
    SHARES
  • झोलुंगे पुल शिलान्यास

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले शनिबार शिलान्यास गरेका हुन् ।

    संघीय सरकारबाट प्राप्त भएको सशर्त बजेट र नगरपालिकाको गरी ८५ लाख ८२ हजार ३५० लाख (भ्याट सहित) मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो ।

    ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु ९तलुवा०का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

    निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो । झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको नगरप्रमुख राईले बताए ।

    प्रकाशित मिति :माघ २, २०७८ आइतवार - २२:०४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको