शुक्रवार, भाद्र २६ गते २०८३

कोरोना संक्रमण बढेपछि लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

कोरोना संक्रमण बढेपछि लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

रोदिक खबर

६, माघ २०७८
  • 9.3K
    SHARES
  • कोरोना संक्रमण बढेपछि लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

    काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो ।

    संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् । देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

    त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । शुक्रबार र शनिबार ९भोलि र पर्सि० हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १६:४९:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको