शुक्रवार, भाद्र २६ गते २०८३

९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार  

९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार  

रोदिक खबर

९, माघ २०७८
  • 11.7K
    SHARES
  • ९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार  

    खोटाङ । तुवाचुङ साप्ताहिक पत्रिकाले ९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको छ । खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो तेश्रो बार्षिकोत्सवको अवशर पारेर जनही १५ हजार राशीको विभिन्न पुरस्कार प्रदान गरेको हो ।

    प्रेमबहादुर राई–हीरामाया राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट पत्रकार उजुर राई, स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट भीम राई, स्वर्गीय हिमालसेर राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट डम्बरसिं राई, हलेसी तुवाचुङ नगरपालिका तुवाचुङ साप्ताहिक पुरस्कारबाट दिलीप खत्री, स्वर्गीय इन्द्रसेर राई–गउनसरी राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट हरिबोल आचार्य पुरस्कृत भएका छन् । 

    यस्तै, रुनिशा राई–तुवाचुङ साप्ताहिक पुरस्कार सुरेन्द्र चालिसे (रामेछाप), भर्तसेर राई–रणकुमारी राई–तुवाचुङ साप्ताहिक मातृभाषा पुरस्कार तिलक चाम्लिङ, स्वर्गीय राजकुमार राई तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार टिवन राई र देवान राई–सतिसरा राई तुवाचुङ साप्ताहिक पुरस्कार सर्मिला विश्वकर्मालाई प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले बताए ।

    यस्तै, स्वर्गीय जसमाया राई तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट प्रअ नवीन चाम्लिङ, तुवाचुङ मारातिका यातायात प्रालि–तुवाचुङ साप्ताहिक पुरस्कारबाट पवन चाम्लिङ राई, स्वर्गीय कृष्णध्वज राई–तुवाचुङ साप्ताहिक पुरस्कारबाट सुजन राई र चन्द्रबहादुर गिरी–तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबाट राकेश परियारलाई पुरस्कृत गरिएको छ ।

    होटल हलेसी भिलेज, हलेसीमा शनिबार आयोजित तेश्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य डिल्ली चाम्लिङले पुरस्कृत व्यक्तित्वहरुलाई खादा ओढाएर जनही १५ हजारका साथमा प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । 

    तुवाचुङ साप्ताहिक पत्रिकाले उद्यमी÷व्यवसायी रामप्रसाद राईलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित अभिनन्दन गरेको छ । यस्तै, समाजसेबी जनकराज राई, बेलायती गोर्खा सैनिक भविन्द्र राई, उद्यमी/व्यवसायी कैलाश राई, युवा राजनीतिकर्मी कमल गिरी, युवा राजनीतिकर्मी किस्मत राई, शिक्षिका तारा राई, कमल कार्की र हलेसी तुवाचुङ नगरपालिकालाई सम्मान गरेको गरिएको छ । 

    ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर ४ साउन २०७५ देखि प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक आवाजविहीनको आवाज बन्ने नारा लिएर निरन्तर प्रकाशन हुँदै आएको छ । प्रत्येक वर्षको ४ साउनमा वार्षिकोत्सव मनाउँदै आएको पत्रिकाले कोभिड–१९ को महामारीका कारण झण्डै ६ महिनापछि वार्षिकोत्सव मनाएको हो । 

    जनपक्षीय र ग्रामीण पत्रकारिताको आकर्षण बढाउने लक्ष्य बोकेको पत्रिकाले ३ वर्षमा विभिन्न विधामा २७ जनालाई ४ लाख ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिसकेको जनाएको छ । 

    प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - ०८:०७:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको