शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन

रोदिक खबर

१९, माघ २०७८
  • 3.2K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

    सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो। यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

    आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो।

    प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - १५:१६:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको