शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे

रोदिक खबर

२३, माघ २०७८
  • 3.8K
    SHARES
  • टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे

    कमी एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो। कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्।

    फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता १९३ करोडबाट घटेर १९२ दशमलव ९ करोड भएको छ। तर, कम्पनीको लागि १० लाख प्रयोगकर्ता घट्नु सामान्य हो।

    पछिल्लो १८ वर्षमा पहिलो पटक प्रयोगकर्ता घट्न सुरु भएको हो। प्रयोगकर्ता घटेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर लगानीमा २७ प्रतिशतले कमी भएको छ। योसँगै कम्पनीको बजार मूल्य झण्डै २३७ अर्ब डलर घटेको छ।

    अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको सेयरमा यो अङ्कले कमी आएको पहिलो पटक हो। पछिल्लो समय टिकटक र युट्यूवमा युवाको आकर्षण बढेपछि फेसबुक प्रयोगकर्ता घटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

    प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १९:५४:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको