'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक

'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२, फाल्गुण २०७८
  • 5.3K
    SHARES
  • 'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । शंकर थापा 'स्माइल'को संगीत र मेलिना राई र पूर्ण लामिछानेको युगल गायनमा रहेको डान्सिङ भर्सनको 'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    यस गीतमा स्वयम् गायक लामिछाने शब्द  रहेको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।  भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।  म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  

    पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'नमस्ते प्लस' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई छोटो समयमा सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

    भिडियो लिंक: https://youtu.be/8YKBp31ii_o
     

     

    प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १३:५७:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको