'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

३, फाल्गुण २०७८
  • 5.5K
    SHARES
  • 'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भिडियो  सार्वजनिक

    काठमाडौँ ।  'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भर्खरै डिजिटल वजारमा सार्वजनिक भएको छ।  रोमान्टिक भर्सनको यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।

    गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ।  विषम आचार्यले गीतलाई संगीत संयोजन रहेका हुन्।  म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा लाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  

    निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड  भिजा सर्भिसेसको सहकार्य रहेको यस भिडियोलाई   'जय हो' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई छोटो समयमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया र साथ प्राप्त भैरहेको छ। 

    प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १९:११:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको