रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

रोदिक खबर

१७, भाद्र २०७७
  • 2.2K
    SHARES
  • रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गरेका छन् । वरिष्ठ नेता पौडेलले  बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् ।

    पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख गरेका छन् ।

    उनले जग्गाको मुआब्जा समेत वितरण नगरी आवश्यक गृहकार्य र तयारीबिना ठेक्कापट्टामा हतारिनुले गर्नुले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट हुने देखिएको बताएका छन् ।

    पौडेलले निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरि राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको बताएका छन् । नेता पौडेलले रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरि निर्माणका ठेक्का लगाउनु सर्वथा गलत भएको बताएका छन् ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - २१:१८:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको