स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

रोदिक खबर

४, फाल्गुण २०७८
  • 4.2K
    SHARES
  • स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

    काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ ।

    र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ । र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १६:४०:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको