खोटाङमा कोरोना संक्रमण दर निरन्तर ओरालिँदै 

खोटाङमा कोरोना संक्रमण दर निरन्तर ओरालिँदै 

रोदिक खबर

५, फाल्गुण २०७८
  • 2.8K
    SHARES
  • खोटाङमा कोरोना संक्रमण दर निरन्तर ओरालिँदै 

    खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या दिनानुदिन ओरालो लागिरहेको छ । बिहिबार ६ जनाले संक्रमण जित्दा जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ४९ मा झरेको छ ।

    अघिल्लो दिन सक्रिया संक्रमितको संख्या ५३ थियो । बिहिबार १० जनाको एन्टीजेन परीक्षण गर्दा २ जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । 

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म ३ हजार ४७० जनालाई संक्रमण पूष्टि भएकामा निको हुनेको कुल संख्या ३ हजार ३७३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - २१:३९:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको