शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सामुदायिक वनमा जथाभावी ढुंगा उत्खनन, उत्खननले वनमा पहिरो 

सामुदायिक वनमा जथाभावी ढुंगा उत्खनन, उत्खननले वनमा पहिरो 

रोदिक खबर

९, फाल्गुण २०७८
  • 4.6K
    SHARES
  • सामुदायिक वनमा जथाभावी ढुंगा उत्खनन, उत्खननले वनमा पहिरो 

    ढुंगा उत्खननपछि सिस्ने हर्कटे सामुदायिक वनमा खसेको पहिरो ।

    खोटाङ । जथाभावी ढुंगा उत्खनन गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित सिस्ने हर्कटे सामुदायिक वनमा पहिरो सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–सेखुवा सडक (४६ किलोमिटर) कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सामुदायिक वनक्षेत्रभिबाट ढुंगा निकाल्दा पर्यवरणीय क्षती भएको हो । पहिरो नरोकिए सोभन्दा माथिल्लो गाउँका वस्ती जोखिममा पर्ने स्थानीय बताउँछन् । 

    सामुदायिक वनमा जथाभावी ढुंगा दोहन गर्दा पर्यवरणमा क्षती पुगेको भन्दै कारबाहीका लागि स्थानीय कृष्णबहादुर बुढाथोकी र प्रेम थापाले गत ५ माघमा डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए । ढुंगा उत्खनन गरिएको क्षेत्रमा पहिरो जाने र वनपैदावर तथा पर्यावरणीय समस्या आउन सक्ने खतरा देखिएको बुढाथोकीले बताए ।

    डिभिजन वन, सामुदायिक वन उपभोक्ता समिति तथा सरोकारवालासँग सम्झौता नगरी सामुदायिक वनमा सडक खनिएको, हाल सडक स्तरोन्नति गर्ने नाममा जोखिमपूर्ण भीर भत्काएर ढुङ्गा बेचबिखन गरिएको, सडकभन्दा माथिको ढुङ्गा उत्खनन गरिएको उजुरीमा उल्लेख छ ।

    छानविनका क्रममा सामुदायिक वन क्षेत्रबाट ढुंगा उत्खनन गरेको पूष्टि भएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख भीमबहादुर कालीकोटेले बताए । “मौखिक उजुरी आए लगत्तै प्रतिनिधिलाई छानविनमा पठाएका थियौं, पछिबाट लिखित उजुरी परेको हो,” डिभिजन प्रमुख कालीकोटेले भने, “यो बारेमा जिल्ला प्रशासन कार्यालयले पनि छानविन गरिरहेको छ । छानविनका क्रममा ढुंगा निकासी गरेको देखिएको छ ।” 

    वडा कार्यालयको पहलमा सो सामुदायिक वन क्षेत्रबाट केही वर्षअघि मध्यपहाडी लोकमार्गबाट बुवालुङ–साप्सुधाप गोल्डेन चक्रपथ निर्माण गरिएको थियो । ठेकेदारले सो स्थानको सडकमा थुप्रिएको पहिरो पन्छाइदिने र त्यसक्रममा निस्किएको ढुंगा उसैलाई लैजान दिने निर्णय गरिएको सिस्ने हर्कटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अम्बरबहादुर थापाले बताए । निर्माण कम्पनीले पहिला खसेको पहिरो पन्छाए पनि सडकमा पुःन ठूलो पहिरो खसेको छ । थापाले भने वनमा क्षती नपुगेको दावी गरे । 

    वनमा क्षती पुग्नेगरी ढुंगा उत्खनन गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै सत्तारुढ गठबन्धन दलले ज्ञापन–पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको टोली २९ माघमा स्थलगत अनुगमनमा पुगेको थियो । 

    प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - २०:३३:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको