एकीकृत सरकारी कर्मचारी संगठन नेपाल खोटाङको संयोजकमा आचार्य

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल खोटाङको संयोजकमा आचार्य

रोदिक खबर

९, फाल्गुण २०७८
  • 11.1K
    SHARES
  • एकीकृत सरकारी कर्मचारी संगठन नेपाल खोटाङको संयोजकमा आचार्य

    खोटाङ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल खोटाङको गठन गरिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा आइतवार भएको कर्मचारीहरुको भेलाले सोमप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।

    कमिटिको सहसंयोजकमा शर्मिला राई, सचिवमा राजन ढकाल र कोषाध्यक्षमा राजन दुलाल चयन भएका छन् । संगठनमा स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारीसमेत समेटिने जनाइएको छ ।

    एकीकृत सरकारी कर्मचारी संगठन नेपालकी केन्द्रीय अधिवेशन आयोजक कमिटि सचिवालय सदस्य तथा प्रदेश नम्बर १ की अध्यक्ष भुवन राई, केन्द्रीय अधिवेशन आयोजक कमिटि सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राई, केन्दीय सदस्य तथा खोटाङ इन्चार्ज गणेश प्रसाद आचार्य लगायतको उपस्थितिमा कमिटि गठन गरिएको नवनिर्वाचित सचिव ढकालले जानकारी दिए । 

     

    प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - २३:१४:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको