शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

वडा कार्यालयद्वारा ट्राफिक प्रहरी कार्यालयलाई फर्निचरका सामग्री प्रदान

वडा कार्यालयद्वारा ट्राफिक प्रहरी कार्यालयलाई फर्निचरका सामग्री प्रदान

रोदिक खबर

१३, फाल्गुण २०७८
  • 5.5K
    SHARES
  • वडा कार्यालयद्वारा ट्राफिक प्रहरी कार्यालयलाई फर्निचरका सामग्री प्रदान

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङले  जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई  प्लास्टिक कुर्सी र दुई खाट प्रदान गरेको छ  । वडा कार्यालयले  ट्राफिक प्रहरीलाई  १० वटा प्लास्टिक कुर्सी र  दुई वटा खाट  गरि १४ हजार बराबरको सामाग्री प्रदान गरेको हो ।

    प्रहरीलाई वडाध्यक्ष ललितकुमार  राईले शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय  खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीलाई  प्रदान गरेका हुन् । आफ्नै वडामा कार्यालय रहेकाले कार्यालय व्यस्थापनमा सानो  सहयोग गरेको वडाध्यक्ष राईले वताए ।

    प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - २१:४६:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको