शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

१४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार 

१४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार 

रोदिक खबर

११, चैत्र २०७८
  • 4.7K
    SHARES
  • १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार 

    डिभिजन वन कार्यालय खोटाङले जिल्लाका १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । सामुदायीक वनमा लाग्ने डढेलो तथा आगलागी नियन्त्रण गर्ने प्रयोजनका लागि डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाका १० र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४ वटा सामुदायीक वन उपभोक्ता समुहलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको हो । 

    सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको माग बमोजिम डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाको सल्ले, ठूलोपाखा, अँधेरी खहरे, नमुना, मड्केला, चैनपुर, नौलापाखा, खोटाङपाखा, दुवेनी र आइतबारे सामुदायिक वन तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बसुवा, खहरे चाङताङ, खमारे र उर्लेनी भिरपाखा सामुदायिक वन लगायतको वनमा लागेको डढेलो नियन्त्रणमा उपयोगका लागि औजार प्रदान गरेको हो ।

    डढेलो लागेकोबेला स्थानीय सामुदायिक वन उपभोक्ता समुहले प्रयोग गर्न पाउनेगरी प्रतिपालिका ९ थान फायर स्वाटर, ७ थान रेक, ४ थान रेक हु, ४ थान बेल्चा, ४ थान मास्क, ६ थान पञ्जा, ५ थान हेल्मेट, ३ थान एक्स हु प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए । 

    सामुदायिक वन उपभोक्ता महासंघको खोटेहाङ गाउँपालिका अध्यक्ष दिलीप राई र महासंघको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष बिरेन्द्रप्रसाद रायलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राई, निजी पारिवारिक वन संघका जिल्ला अध्यक्ष गंगाधर कार्की र सव–डिभिजन वन कार्यालय खोटेहाङ गाउँपालिकाका प्रमुख बलराम सिंहले अग्नी नियन्त्रक औजार हस्तान्तरण गरेका थिए ।

    गत ६ चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायिक वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरिएको थियो । 

    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - २१:४५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको