दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता सुरु

दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता सुरु

रोदिक खबर

११, चैत्र २०७८
  • 4.2K
    SHARES
  • दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता सुरु

    फुटबल प्रतियोगीता उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल ।

    खोटाङ । खोटाङमा दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता सुरु भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।

    दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता उद्घाटन गरिएको हो । ‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगीतामा जिल्लाका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए ।

    डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच भएको उद्घाटन खेलमा युवा जागरण स्पोर्ट्स क्लब विजयी भएको छ । युवा जागरणले २ गोल गर्दा बुइपा ११ ले कुनैपनि गोल गर्न सकेन । उद्घाटनकै अवसरमा नगरपालिका र निर्माण व्यवसायी बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने प्रतियोगीताका संयोजक पौडेलले बताए ।

    प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई दुई हजार, क्वाटरफाईनल जित्नेलाई तीन हजार, सेमीफाइनल जित्नेलाई ३ हजार पाँच सय र फाइनल जित्नेलाई थप चार हजार प्रोत्साहन रकम प्रदान गरिने छ । नगरपालिका मूख्य प्रायोजक रहेको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको छ । एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - २१:५४:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको