शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

करेन्ट लागेर खोटाङमा एकको मृत्यु

करेन्ट लागेर खोटाङमा एकको मृत्यु

रोदिक खबर

२८, चैत्र २०७८
  • 10.7K
    SHARES
  • करेन्ट लागेर खोटाङमा एकको मृत्यु

    खोटाङ, २८ चैत । बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । उदयपुरको गाइघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काको मृत्यु भएको हो ।

    छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाईते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पु¥याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।

    चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् ।

    प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - २१:२१:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको