'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक

'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

७, बैशाख २०७९
  • 4.4K
    SHARES
  • 'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक
     
    काठमाडौं – स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड गायिका सुशिला बरालको 'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ।  यस गीतलाई महाराज थापाले  संगीत संयोजन गरेका हुन्।  

    माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो।  भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्।  गायिका बरालको  च्यानल 'सुशिला बराल अफिसिएल' मार्फत भिडियो सार्वजनिक भएको हो।

    संगीतकी विद्यार्थी समेत रहेकी गायिका बरालका यसअघि 'जुनी जुनी', 'तिम्ले आँखाको इसाराले' लगायातका गीतहरु सार्वजनिक भैसकेका छन्।  म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन्।  

    भिडियो लिंक: https://youtu.be/48Fds9ioUVY

    प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - २०:४४:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको