शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दिरुम नपा.–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे प्यानलै विजयी 

दिरुम नपा.–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे प्यानलै विजयी 

रोदिक खबर

२, जेठ २०७९
  • 2.2K
    SHARES
  • दिरुम नपा.–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे प्यानलै विजयी 

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–५ लफ्याङमा नेपाली कांग्रेस नेतृत्वको प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार दिनेश घिमिरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र राईलाई हराउँदै निर्वाचित भएका हुन् ।

    कांग्रेसका घिमिरेले ३६५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्रले २८८ मत पाए भने एमालेका गोविन्द कटुवालले २७३ मत, नेकपा माओवादी केन्द्रको १८५ जनता समाजवादीको १४७ र राप्रपाले २० मत पाएकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १२:५०:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको