हौँचुरको वडाध्यक्षमा कांग्रेसका चिरञ्जीवी कार्की विजयी

हौँचुरको वडाध्यक्षमा कांग्रेसका चिरञ्जीवी कार्की विजयी

रोदिक खबर

३, जेठ २०७९
  • 2.5K
    SHARES
  • हौँचुरको वडाध्यक्षमा कांग्रेसका चिरञ्जीवी कार्की विजयी

     खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको वडाध्यक्षमा नेपाली कांग्रेसका चिरञ्जीवी कार्की विजयी भएका छन् ।

    एमालेले आफ्नो किल्ला मान्ने हौँचुरमा कांग्रेस विजयी भएको हो । यस अघि भएका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो भने कांग्रेसले पहिलो पटक जितेको छ ।

    वडाध्यक्षमा कार्कीले ४५२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका यज्ञनारायण श्रेष्ठले ४४१ मत पाएका छन् । पराजित श्रेष्ठ निर्वतमान वडाध्यक्ष हुन् । वडाध्यक्षमा कांग्रेस र वडा सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०५:२९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको