रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रोदिक खबर

३, जेठ २०७९
  • 2.4K
    SHARES
  • रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    खोटाङ, ३ जेठ  । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी भएका हुन् ।

    श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गुरुङले २ हजार २ सय ५७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत प्राप्त गरेका छन्। यस्तै पालिका अध्यक्षका अर्का उम्मेद्वार जनता समाजवादी पार्टीका मोहन गुरुङले २ सय १२ मत प्राप्त गरेका छन् ।

    रावाबेसी गाउँपालिका
    अध्यक्ष : फट्टिक कुमार श्रेष्ठ (कांग्रेस)
    उपाध्यक्ष : कौशीला गुरुङ (एमाले)
    १ नम्बर वडाध्यक्ष गेहेन्द्रमान राई (कांग्रेस)
    २ नम्बर वडाध्यक्ष डोलराज बस्नेत (कांग्रेस)
    ३ नम्बर वडाध्यक्ष बिरेन्द्र मगर (एमाले)
    ४ नम्बर वडाध्यक्ष ज्ञानहादुर पाण्डे (कांग्रेस)
    ५ नम्बर वडाध्यक्ष मनकुमार गुरुङ (कांग्रेस)
    ६ नम्बर वडाध्यक्ष चिरञ्जीवी कार्की (कांग्रेस)

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०५:३७:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको