वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

रोदिक खबर

१८, भाद्र २०७७
  • 3.1K
    SHARES
  • वामदेवलाई  राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

    काठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आज अपरान्ह ३ बजे बसेको नेकपा सचिवालयको बैठकले  उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा  सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।

    सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलकाे प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठाेस कार्ययाेजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएकाे नेताहरुले बताएाक छन् ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १८:५७:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको