दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

रोदिक खबर

४, जेठ २०७९
  • 10.7K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई हराउदै नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तीर्थराज भट्टराई प्रमुखमा र उपप्रमुखमा एमालेकी विणादेवी राईलाई हराउदै माओवादी केन्द्रका विसन राई विजयी भएका हुन् । 

    १५ वडाको सम्पन्न मत परिणाम अनुसार भट्टराईले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मतमा चित्त बुझाउनु परेको छ।

    उपमेयरमा १० हजार ४३८ मत पाएर बिसन निर्वाचित हुंदा एमालेका उपमेयर उम्मेदवार बिणादेबी राई ७ हजार ३१९ मतमै खुम्चिएका छन्। राप्रपाबाट मेयरका प्रत्यासी जीवनकुमार श्रेष्ठले ४०५ मत र उपमेयरका प्रत्यासी चन्द्रकुमारी राई ताराले ५६६ मत पाएका छन्।

    यस्तै, वडातर्फ वडा नम्बर १  दिक्तेलमा कांग्रेसका नवराज राई, वडा नम्बर  २ सोल्मामा माओवादी केन्द्रका धुब्रविक्रम राई, वडा नम्बर ३ बाम्राङमा एमालेका महेन्द्र बहादुर राई, वडा नम्बर ४ खाल्लेमा माओवादीका खगेन्द्र राई, वडा नम्बर ५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, वडा नम्बर ६ नेर्पामा माओवादीका माधब राई, वडा नम्बर ७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरि चौलागाँई र वडा नम्बर ८ बुवालुङमा एमालेका लिलाकुमार चौहान निर्वाचित भएका छन्।

    वडा नम्बर ९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठायत, वडा नम्बर १० पाथेकामा जसपाका मुगाधन राई, वडा नम्बर ११ खार्मीमा माओवादीका ईखबहादुर राई,वडा नम्बर १२ जालपामा माओवादी केन्द्रका दानबहादुर राई, वडा नम्बर १३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, वडा नम्बर १४ बुईपामा एमालेका दिनेश राई र वडा नम्बर १५ विजयखर्कमा कांग्रेसका रामबहादुर कटवाल निर्वाचित भएका छन्।

    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०५:२३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको