हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख,उपप्रमुखमा कांग्रेसको अग्रता कायमै

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख,उपप्रमुखमा कांग्रेसको अग्रता कायमै

रोदिक खबर

४, जेठ २०७९
  • 6.3K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख,उपप्रमुखमा कांग्रेसको अग्रता कायमै

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगरप्रमुख/उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । नेपाली कांग्रेसकी उम्मेदवार बिमला राईले ४९२५ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईले ४७१६ पाएका छन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रमेश राउतले ४९०७ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार अमेम्बर राईले ४६२९ मत ल्याएका छन् ।

    अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ को मतगणना कार्य सम्पन्न भएको छ । जसमा वडा नम्बर १, २, ३, ४, ५, ८, ९ मा  नेपाली कांग्रेसले जित हासिल गरेको छ भने वडा नम्बर १० र ११ एमालेले जित हासिल गरेको छ । अहिले वडा नम्बर ६ र ७ को मतगणना भईरहेको छ । 

    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०५:३३:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको