खोटाङ । जन्तेढुङगा गाउँपालिका ३ थालाखामस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही गाउँपालिका( ५ घोडेडाँडा बस्ने २८ वर्षीय नारद कटवालको मृत्यु भएको छ । घोडेडाँडाबाट भञ्ज्याङखर्कतर्फ देवाली पूजाको मानिसहरु लिई जाँदै गरेको उक्त ट्याक्टरबाट बुधबार बिहान खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।