भरतपुर अपडेट :

भरतपुर महानगरपालिकामा रेनुको अग्रता झन् फराकिलो बन्दै

भरतपुर महानगरपालिकामा रेनुको अग्रता झन् फराकिलो बन्दै

रोदिक खबर

७, जेठ २०७९
  • 2.4K
    SHARES
  • भरतपुर महानगरपालिकामा  रेनुको अग्रता झन् फराकिलो बन्दै

    चितवनको भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा नगरप्रमुख रेनु दाहालले आफ्नो अग्रतालाई झन् फराकिलो बनाउँदै लगेकी छन्। भरतपुरमा अहिलेसम्म ११ वटा वडाको मतगणना सकिएको छ।

    १३ र १४ नम्बर वडाको मतगणना भइरहेको छ। ६७ हजार ५०७ मतगणना सकिँदा माओवादी केन्द्रकी रेनु दाहालले २६ हजार ५२८ मत प्राप्त गरेकी छन्।

    आज (शनिबार) बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार एमालेका विजय सुवेदी र रेनुको मतान्तर ४ हजार ७०२ छ। सुवेदीले अहिलेसम्म २१ हजार ५५६ मत प्राप्त गरेका छन्। कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले अहिलेसम्म ९ हजार ६८ मत प्राप्त गरेका छन्।

    उपप्रमुखतर्फबाट पनि सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी अघि छन्। उनले अहिलेसम्म २८ हजार २०३ मत प्राप्त गर्दा एमाले तर्फको गठबन्धनका उम्मेदवार राप्रपाका विमला गुरुङले १६ हजार ७४५ मत प्राप्त गरेकी छन्। मतगणना चलिरहेका १३ र १४ नम्बर वडामा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार एमाले भन्दा अघि छन्।

    अहिलेसम्म भरतपुरमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ नम्बर वडाको मतगणना सकिएको छ। १३ र १४ नम्बर वडाको मतगणना चलिरहेको छ।

    प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - ०८:५३:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको