खोटाङको रावाबेंशी गाउँपालिका-२ खार्पामा चट्याङका कारण मतान घरमा आगलागी भएको छ। खार्पाका धर्मशिला पोखरेलको ढुंगा माटोले बनेको दुईतले मतान घरमा आगलागी भएको हो।
पोखरेलको मतान घरमा आइतबार बिहान १० बजे चट्याङ पर्दा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा १ लाख बराबरको क्षति भएको छ। आगो दुई घण्टापछि प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको छ। आगलागीबाट मानिस र चौपायामा क्षति पुगेको छैन।