आइतवार, कार्तिक १६ गते २०८३

दिरुम नपा. २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवबिक्रमको योजना ‘मेरो एक दिन गाउँलाई’

दिरुम नपा. २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवबिक्रमको योजना ‘मेरो एक दिन गाउँलाई’

रोदिक खबर

९, जेठ २०७९
  • 2.7K
    SHARES
  • दिरुम नपा. २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवबिक्रमको योजना ‘मेरो एक दिन गाउँलाई’

    खोटाङ, ९ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवबिक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन् ।

    सोमबार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिनेगरी ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

    हरेक टोलमा टोल बिकास समिति गठन गर्ने र सो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत सम्भार, सरसफाई, बृक्षारोपण लगायतका सामाजिक काममा श्रमदान गर्नेरगराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताए ।

    ‘महिनाको एक दिन गाउँको विकासका लागि योगदान दिनेगरी यो योजना ल्याइएको हो,’ नवनिर्वाचित वडाध्यक्ष राईले भने, ‘बाटोघाटो, पुलपुलेसो निर्माण वा मर्मत, सरसफाई, बृक्षारोपण वा गाउँमा जे आवश्यकता पर्छ त्यही कामका लागि एक दिन श्रमदान जुटाउने छौँ ।’

    नवनिर्वाचत वडाध्यक्ष राईले ‘हामीले देखेको वडा र सोल्माको संमृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको सवारी साधनलाई मानव तथा पशु स्वास्थ्य उपचारको लागि प्रयोग गर्ने, वडाको शैक्षिक क्षेत्रलाई व्यवहारिक शिक्षाको रुपमा रुपान्तरण गर्दै सोल्मालाई शैक्षिक हवको रुपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालनमा ल्याउनुका साथै डिपिआर अनुसार कार्यक्रम अघि बढाउने योजना अघि सारेका छन् ।

     

    प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - २१:५७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको