आइतवार, कार्तिक १६ गते २०८३

पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम 

पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम 

रोदिक खबर

१०, जेठ २०७९
  • 4.4K
    SHARES
  • पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम 

    खोटाङ, १० जेठ । पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलिय पदार्थको मुल्या वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो । 

    पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकार बिरुद्ध नाराबाजी गर्दै बिरोध ¥याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलिय पदार्थको मुल्या घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    कोणसभालाई सम्बोधन गर्दै अनेरास्वबियुका केन्द्रिय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पूर्वकेन्द्रिय सदस्य दिपक ठटालले सरकारले पेट्रोलिय पदार्थको मूल्य नघटाए आन्दोलन थप शसक्त बनाउने चेतावनी दिएका छन् । 

    प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - २०:१३:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको