शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन

रोदिक खबर

१५, जेठ २०७९
  • 2.3K
    SHARES
  • पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन

     कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन्।

    कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन बनेको थियो। लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी उनले बताए।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए। जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले बताए।

    काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले बताए। सम्पर्क विहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना थिए।

    प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १२:३८:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको