बिहिवार, कार्तिक १३ गते २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

रोदिक खबर

१९, भाद्र २०७७
  • 2.0K
    SHARES
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

    मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए।

    नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।त्यही निर्णय कार्यान्वयनका लागि आज मनित्रपरिषद् बैठक बसेको हो।

    उपाध्यक्ष गौतम राष्ट्रियसभामा सिफारिस भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने छन्। 

    प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १३:३७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको