बिहिवार, कार्तिक १३ गते २०८३

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

रोदिक खबर

१९, भाद्र २०७७
  • 4.3K
    SHARES
  • श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

    काठमाडौं । अनामनगरमा श्रीमतीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विक छन् ।

    उनले श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोग छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

    घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १४:०६:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको