जिल्ला समन्वय समिति खोटाङमा गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र उपप्रमुखमा गठबन्धनकैमाओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका हुन्।
निर्वाचित प्रमुख राई र उपप्रमुख तामाङले १६/१६ मत पाएका थिए। एमालेबाट जिसस प्रमुखका उम्मेदवार किशोर कुमार श्रेष्ठ र सन्तोष राईले ४/४ मत पाएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिईन्। जिससको निर्वाचनमा २० जना मतदाता थिए।
खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तिहाङ राई, महिला सदस्यमा कांग्रेसकी कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन्। एमालेले जिसस सदस्यमा मनोनयन दर्ता गराएको थिएन।