'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक

'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

३, आषाढ २०७९
  • 3.8K
    SHARES
  • 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं – लोक शैलीमा आधारित 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।  

    म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापाको अभिनय देख्न सकिन्छ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्।  भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ।  

    मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो। 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरा निर्माण टिम आशावादी रहेको छ। 
    भिडियो लिंक: https://youtu.be/rdGwdorVt00 

    प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - २०:४४:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको