'मेरो बोली सुन्दा' बोलको  म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक

'मेरो बोली सुन्दा' बोलको  म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक

रोदिक खबर

३, आषाढ २०७९
  • 4.1K
    SHARES
  • 'मेरो बोली सुन्दा' बोलको  म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक

    काठमाडौं – एक दशक अघि  मेल भर्सनमा सार्वजनिक भएर दर्शक स्रोता माझ लोकप्रिय भैसकेको 'मेरो बोली सुन्दा' बोलको  म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक भएको छ।  

    युवा पुस्तामा सम्भावना बोकेकी गायिका सुजाता केसीको सुमधुर स्वर यस गीतमा सुन्न सकिन्छ।  मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि  प्रेमीको संगीत रहेको छ।  गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
     
     म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।  सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

     मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका केसीको आधिकारिक च्यानल 'सुजाता केसी' मार्फत सार्वजनिक भएको हो।  यसअघि गायिका केसीको स्वरमा समावेश 'बतास बनी', 'जाल बुन्यो माकुराले', 'कुरा सिधा छ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

    भिडियो लिंक: https://youtu.be/YitYSWE_1R0

    प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - २०:४८:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको