काठमाडौं – मोडल शाक्षी लम्साल र बिष्णु खरेल अभिनित 'माया बस्यो है' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल 'पवन गिरी अफिसिएल' मार्फत सार्वजनिक भएको हो। यसअघि गायक गिरीको स्वरमा रहेको 'बधाई छ', 'मिल्टेरिको जुत्ता', 'म जे छु', 'मलाई एकछिन देउ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।