शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिम

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिम

रोदिक खबर

१८, आषाढ २०७९
  • 6.8K
    SHARES
  • हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिम

    गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नभएका कारण मानवीय क्षती भने भएको छैन् ।

    भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिए । केही दिन अघिदेखि परेको अविरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो ।

    पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ । पहिरोले भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा परेका छन् ।

    कार्कीका अनुसार “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।

    प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:५६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको