खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैंजु चयन

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैंजु चयन

रोदिक खबर

१८, आषाढ २०७९
  • 3.1K
    SHARES
  • खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैंजु  चयन

    खोटाङ । खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा नुरकाजी सैंजु चयन भएका छन् । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट सैंजु सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभा हलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले सैंजुको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरेको छ। एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भीषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा सैलेन्द्र वजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन्।

    सदस्यहरुमा रशा प्रधान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश वजिमय र सन्तोष जोशी रहेका छन्। तीन जना सदस्यलाई भने मनोनित गरेर ल्याईने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए। अध्यक्षमा दोहोरिएका सैंजु एकेडेमीको स्थापना (२०७३)कालमा पनि सर्वसम्मत रुपमा नै अध्यक्ष भएका थिए। उनलाई खेलकुदका हस्तीका रुपमा चिन्ने गरिन्छ।

    एकेडेमीको प्रथम साधारण सभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए।

    कार्यक्रममा नगरप्रमुख भट्टराई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, पत्रकार महासंघका सह–सचिव चिसाङ शेर्पा, जिल्लाका विभिन्न फुटबल क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति थियो।

    प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - २२:०५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको