शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला

बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला

रोदिक खबर

२०, भाद्र २०७७
  • 4.5K
    SHARES
  • बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला

    खोटाङ  ।  खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सामाताङमा दुई बृद्धबृद्धा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन् । जंगल नजिकै एकान्त ठाउँमा घर भएका ७६ वर्षका ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठ घरैमा मृत फेला  परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    बृद्धबृद्धा दाजुबहिनीको मृत्युको विषयमा जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाको टोली शनिबार बिहान घट्नास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    घट्नास्थल भोजपुरको सिमानामा पर्छ । घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको विस्तृत जानकारी प्राप्त गर्न कठिन भइरहेको छ । घट्ना प्रकृति हेर्दा तीन/चारदिन अगाडि बृद्धबृद्धाको हत्या गरिएको अनुमान गरिएको घट्नास्थल पुगेका डिएसपी चिमरियाले बताए ।

    ‘भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्,’ डिएसपी चिमरियाले भने, ‘विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ । अहिले अनुसन्धान जारी छ । आफन्तलाई पनि बोलाइएको छ ।’सदरमुकाम दिक्तेलबाट घटनास्थल करिव ३० कोष टाढा रहेको छ ।

    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १३:४६:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको