श्रीराम राईको दोस्रो गीत ‘सञ्चो छ कि रोदन’ सार्वजनिक 

श्रीराम राईको दोस्रो गीत ‘सञ्चो छ कि रोदन’ सार्वजनिक 

रोदिक खबर

३, भाद्र २०७९
  • 5.8K
    SHARES
  • श्रीराम राईको दोस्रो गीत  ‘सञ्चो छ कि रोदन’  सार्वजनिक 

    खोटाङ । लेखक तथा पत्रकार श्रीराम राईको दोस्रो गीत हालै सार्वजनिक भएको छ । गायिका मनमाबी बिराईको आवाजमा राईको ‘सञ्चो छ कि रोदन’ बोलको गीत सार्वजनिक भएको हो । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । 

    गीतकार राईको रचनालाई ओमप्रकाश राईले संगीतबद्ध गरेका छन् ।  ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमाबी खोटाङकै नवोदीयमान गायिका हुन् । 

    १० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं भित्रिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका   राई पत्रकारिताकासाथै साहित्य लेखनमा सक्रिय छन् ।

    विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बाल कथा सङ्ग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् । नयाँ लघुकथा प्रकाशोन्मुख रहेको राईले बताए ।

    संयुक्त लघुकथा सङ्ग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् । 

    https://www.youtube.com/watch?v=PV27qxgtICE&t=286s

    प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - १०:५१:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको