शुक्रवार, भाद्र २६ गते २०८३

बेलायतमा खोटाङ भलिबल क्लव यूके स्थापना 

बेलायतमा खोटाङ भलिबल क्लव यूके स्थापना 

रोदिक खबर

११, भाद्र २०७९
  • 14.4K
    SHARES
  • बेलायतमा खोटाङ भलिबल क्लव यूके स्थापना 

    बेलायतमा खोटाङ भलिबल क्लव यूकेको स्थापना गरिएको छ । बेलायतमा बस्दै आएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाई तथा नेतृत्वमा संजीव राईको संयोकत्वमा खोटाङ भलिबल क्लव यूकेको स्थापना गरिएको हो । क्लवको प्रवन्धकमा बीरेन्द्र राई, कोषाध्यक्षमा शिवध्वज राई र टीम क्याप्टेनमा सचिन राई चयन भएका छन् ।

    क्लवको संस्थापक संरक्षकहरुमा गोपाल राई, धन राई, मास्टर राष्ट्र राई, रिचर्ड गुरुङ, प्रसाद राई, काजीराम राई, रमेश राई, ध्रुव राई (काइला), बलिरत्न राई, देवान राई, ध्रुव राई, धनीराम राई, दिपेश राई, आश्विन राई, विशाल राई, उमेश राई, राम थुलुङ, उत्तमविक्रम राई र आशिम राई  रहेका छन् । 

    यस्तै, संस्थापक सदस्यहरुमा सुवाश राई, भीम राई, धीरज राई, अशोक राई, एडमीन राई, महेन्द्र राई, गोविन्द राई, झलम राई, मिलन राई, रविन राई, चन्द्र राई, रेवत राई, भरत राई, विष्टन राई, प्रशान्त राई, साजन राई, मिनकुमार राई, किरण राई, सगुन राई,  मिलन राई र मनि राई रहेका छन् ।

    बेलयतमा रहेका खोटाङ्गेलाई एकीकृत गर्दै भलिबल खेलको प्रवद्र्धनका लागि भलिबल क्लव स्थापना गरिएको संयोजक राईले जानकारी दिए । ‘भलिबल खेलको प्रवद्र्धन गर्दै सम्पूर्ण भलिबल खेलप्रेमी खोटाङ्गे दाजुभाई तथा दिदीबहिनीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ क्लव स्थापना गरिएको हो,’ राईले भने, ‘क्लवका माध्यमबाट खोटाङ र बेलायतलाई जोड्दै सामाजिक क्षेत्रमा योगदान पु¥याउने र समग्र खोटाङको नाम चम्किलो बनाउने उद्देश्य राखेका छौँ ।’ 

    क्लवले खोटाङ सेवा समाज यूके लगायतका संघसंस्थाहरुसँग आवश्यक सहकार्य गर्दै अगाडि बढ्ने संकल्प गरेको छ । भलिबल खेल नेपालमा रोचक र महत्वपूर्ण खेलको रुपमा परिचित छ । शारीरिक र मानसिक तन्दुरुष्टिका लागि समेत भलिबल खेल महत्वपूर्ण मानिन्छ ।

    बेलायतको अस्तव्यस्त जीवनशैली अपनाइरहेका नेपालीलाई एकीकृत गर्दै दुःखसुख बाँड्ने अवसर प्रदान गर्ने र आफ्नो भाषा, कला, संस्कार, संस्कृति, खेलकुद आदिको प्रवद्र्धनमा भूमिका खेल्ने संयोजक राईले बताए । 

    uk1.jpg

    यस्तै, ग्रीनबीच भलिवल परिवार लण्डनद्वारा आज शनिवारबाट बेलायतमा आयोजना गरिएको तेश्रो ग्रीनबीच भलिवल कप प्रतियोगिता २०२२ मा खोटाङ भलिबल क्लव यूकेले पनि प्रतियोगीको रुपमा सहभागिता जनाएको संयोजक राईले बताए ।

    kk.jpg

    प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - १७:३१:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको