खोटाङ भलिबल क्लव यूकेद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान 

खोटाङ भलिबल क्लव यूकेद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान 

रोदिक खबर

२९, भाद्र २०७९
  • 3.4K
    SHARES
  • खोटाङ भलिबल क्लव यूकेद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान 

    खोटाङ भलिबल क्लव यूकेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान गरेको छ । बेलायतमा बस्दै आएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाईमा गठन गरिएको भलिबल क्लवले आगामी असोज २८ गतेदेखि कार्तिक ८ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेश १ स्तरिय छनौट खेल खेल्न जाने पुरुष भलिबल खेलाडीलाई ६२ हजार मूल्यको जर्सी सेट प्रदान गरिएको खोटाङ भलिबल क्लव यूकेका संयोजक सञ्जीव राईले बताए  ।

    भलिबल क्लवले खेलाडीहरुका लागि ११ सेट जर्सी, १ सेट ट्रेनर र १० हजार नगद प्रदान गरेको हो । खेलाडीहरुलाई खेलकुदमा प्रेरित गर्ने र खेलकुदको माध्यमबाट नै देश चिनाउने लक्ष्यका साथ शुभम फाउण्डेसनमा आयोजित कार्यक्रममा खोटाङ भलिबल क्लव यूकेका संरक्षक कृषिविज्ञ मदन राईले जर्सी, जुत्ता र रकम हस्तान्तरण गरिएको संयोजक राईले बताए ।

    c.jpg

    जिल्ला भलिवल संघमार्फत खेलाडीलाई जर्सी सेट, जुत्ता र आर्थिक सहयोग उपलव्ध गराएको खोटाङ भलिबल क्लव यूकेले यो अभियानलाई आफुले निरन्तरता दिंदै जाने जनाएको छ ।

    प्रदेश स्तरिय प्रतियोगीतामा प्रतिष्पर्धा गर्न जाने पुरुष तथा महिला भलिबल खेलाडीलाई भलिबल संघका अध्यक्ष नूरकाजी सैंजू, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष महेश राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई, फुटबल संघका महासचिव काजीमान राई, जिल्ला फुटबल संघका प्रशिक्षक भानु राई, समाजसेवी केशव श्रेष्ठ, अमर गुरुङ लगायतले खेलाडीको बिदाई गर्दै सफलताको शुभकामना दिएका थिए । 

    d.jpg

    खोटाङ भलिबल क्लव यूकेले कृषि बैज्ञानिक मदन राई, पूर्व राष्ट्रिय भलिबल खेलाडी नूनकारी सैंजू र पूर्व भलिबल खेलाडी एबं पूर्ववडाध्यक्ष महन्तकुमार राईलाई संरक्षक तोकेको छ । यस्तै, क्लवको एम्बेसेडर महिला भलिबल टिम क्याप्टेन विनिता राई र पुरुष भलिबल लिफ्टर अमोद रिजाललाई चयन गरिएको खोटाङ भलिबल क्लव यूकेका संयोजक राईले बताए ।

     

    प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - ०४:१९:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको