रोदिकखबर डटकमका सम्पादक खत्री सहित ३४ जनालाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड 

रोदिकखबर डटकमका सम्पादक खत्री सहित ३४ जनालाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड 

रोदिक खबर

१८, आश्विन २०७९
  • 2.8K
    SHARES
  • रोदिकखबर डटकमका सम्पादक खत्री सहित ३४ जनालाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड 

    दुबई । रोदिकखबर डटकम अनलाइनका सम्पादक दिलीप खत्री सहित ३४ जनालाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तर्राष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी  ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका हुन् ।

    gurup.jpg

    देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो ।

    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर  प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल (अमेरिकी)  पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । 

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्चिभए पनि उनलाई पितृ सोकका कारण उपस्थित नसकेतापनि भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गरेका थिए । सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा यसियन मुलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष  वन्तले बताए ।

    उक्त कार्यक्रममा वंगलदेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड,  भारतियद्वय दुवई शिक्षा मन्त्रालयमा कार्यरत रभिशंकर पाष्डेलाई वेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारलाई वेष्ट विजनेश लिडरसिप अवार्ड प्रदान गरिएको थियो भने वंगलदेशका असिस्टेन्ट प्रोफेशर सल्मा अहमेदलाई कम्यूनिकेटीभ इडुकेटर अवार्ड, व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ आन्टरपृनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटोपत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई कृयटिभ डिजिटल आटीष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इएर, ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्यूमेनीटिरियन अवार्ड र डा. क्रिस्टीना रोसालाई मष्ट इन्सपायरिङ मेडीकल प्रोफेशनल  क्याटोगोरीम अवार्ड प्रदान गरिएको थियो ।

    यसैबीच नेपालीहरु नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा रोदिकखबर डटकम अनलाइनका सम्पादक दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने विज्ञापन वोर्डका सदस्य पवन अधिकारीले मिडिया आन्टरपृनियर अवार्ड, नारायण पौडेल हस्पिटालिटि अवार्ड, जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीले भर्शटायल स्पोर्ट प्रसंनालीटी अवार्ड पाएका हुन् ।

    pawan.jpgयस्तै, नेपाल वेष्ट स्कुल अवार्ड स्वतिश्री गुरुकुल आइ वि वल्ड स्कुललाई प्रदान गरिएको थियो भने रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर,  नेपाल भारत मैत्रि अस्पतालका सिइओ धर्मराज गोसाइ हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड,  डिगम्वर राजवंसीलाई फ्रोफेशनल फोटोग्राफीको आवार्ड, रमेश साहीलाई एड्भरटाइजिङ एण्ड मिडिया मार्केटिङ अवार्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड, डेभिल राजपुलताई वेष्ट डिजिटल भोटीङ अवार्ड,अटोमोवाइल व्यवसायी निर्मल सिक्देललाई प्रोमीनेन्ट आन्टरपृनियर अवार्ड,समाजसेवी उर्मीला गौचन सेरचनलाई महिला सामाजिक अभियन्ता अवार्ड, वरिष्ठ पत्रकार तेज प्रकाश डुम्रेलाई डाइनामिक पत्रकारिता अवार्ड , लमजुङ हस्पिटलकी म्यानेजमेन्ट डाइरेक्टर तथा वरिष्ठ नर्स कल्पना पौडेल घिमिरेलाई हेल्थ केयर प्रोफेशनल अवार्ड प्रदान गरीएको थियो ।

    narayan.jpgत्यसैगरि दुवइमा विगत लामे समयदेखि फोटोग्राफी काम गरिरहेका  फोटोग्राफर कमल श्रेष्ठलाई प्रडक्ट फोटोग्राफी  आवार्ड, सनराइज वैकका व्राण्ड म्यानेजर सुमन थापालाई वैङ्कीङ व्राण्ड म्यानेजर अफ दि इएर, थाङ्का व्यवसायी राजेन्द्र कुमार मोक्तानलाई थाङ्का आन्टरपृनियर अवाार्ड,टुरीष्ट गाइड एसोसियनका अध्यक्ष वद्री नेपाललाई टुरीष्ट गाइड अफ दि इएर र अन्तर्राष्ट्रिय युथ लिडरसिप अवार्डवाट प्रकासवावु थापालाई सम्मान तथा वितरण गरिएको थियो ।

    ramila.jpgसाथै उक्त कार्यक्रममा नेपालका सफल उद्यमी प्रदिप कुमार श्रेष्ठलाई आइकोनीक इन्ड्रस्टीयल अफ नेपालको अवार्ड, मुक्तिनाथ विकास बैंकका सिइओ प्रद्युमन पोखरेललाई सिइओ अफ दि इएर,  अक्षरा स्कूलका प्रिन्सिपल अन्जु भट्टराईलाई स्कुल प्रिन्सिपल अफ दि इयर,  असोक कुमार श्रेष्ठलाई भेट्रान स्पोर्ट पर्सनालीटी, मनिस जोशीलाई स्पोर्ट लिडरसीप अवार्ड, कृष्णराज तिमिल्सिनालाई यूथ फेशन आन्टरपृनियर अवार्ड, वमवहादुर ढुङ्गेललाई डिजिटल मार्केटिङ एक्सपट, मिनु थापालाई व्यूटी इडुकेटर अवार्ड, ममता पौडेललाई व्यूटि एण्ड फेशन आन्टरपृनियर,  हेमा मान्नधरलाई उत्कृष्ट साँस्कृतिक कार्यक्रम सञ्चालक अवार्ड प्रदान गरिने घोषणा गरिएको भएपनि विशेष कारण वस अवार्ड वितरण कार्यक्रममा सहभागी हुन नसकेकाले नेपालमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई अवार्ड हस्तान्तरण गरिनेछ ।

    prakash.jpg

    jibal.jpg

    प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - २०:०५:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको