शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

६७ औं प्रहरी दिवशको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम

६७ औं प्रहरी दिवशको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम

रोदिक खबर

२७, आश्विन २०७९
  • 2.2K
    SHARES
  • ६७ औं प्रहरी दिवशको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम

    ६७ औं प्रहरी दिवशको अवशरमा जिल्ला  प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला  प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयमा  कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ । 

    police.jpg

    रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय खोटाङमा रक्तदान गरिएको प्रनाउ मुकारुङको भनाइछ ।

    उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङ सभापति ज्ञानेन्द्र जोशी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, खोटाङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ध्रुव श्रेष्ठ, रेडक्रसमा मन्त्री छत्रकुमार बजिमय लगायतको उपस्थिति रहेको थियो ।
    यस्तै, दिवशकै अवशरमा रक्तदान गर्नुअघि प्रहरीले दिक्तेलको हाटडाँडादेखि कालिका भगवती मन्दिरको परिषरसम्म सरसफाई गरेको प्रनाउ मुकारुङले बताए ।p.jpg

    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - १०:५१:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको