शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भोट माग्दै ओलीले भने : देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

भोट माग्दै ओलीले भने : देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

रोदिक खबर

३०, कार्तिक २०७९
  • 2.2K
    SHARES
  • भोट माग्दै ओलीले भने : देश शेरबहादुरको हातमा सुम्पने कि मेरो ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् । मौन समय सुरु हुनु अघिल्लो दिन बुधबार भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए ।

    उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?

    एमालेका लागि भोट मागेका उनले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झनसमेत आग्रह गरेका छन् । देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहे मुलुक बर्बाद हुनेछ ।’

    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २२:३८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको