शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रदेशसभा ख भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्छुः  दंगाल

प्रदेशसभा ख भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्छुः  दंगाल

रोदिक खबर

३०, कार्तिक २०७९
  • 2.2K
    SHARES
  • प्रदेशसभा ख भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्छुः  दंगाल

    खोटाङ । नेकपा एमालेका खोटाङ प्रदेशसभा (ख) का उम्मेदवार रामप्रसाद दंगालले प्रदेशसभा (ख) भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् ।बुधबार खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरीमा आयोजित  चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार दंगालले आसन्न निर्वाचनमा विजयी भएको खण्डमा सदरमुकाम दिक्तेलसँग जोड्नेगरी प्रदेशसभा (ख) भित्रका दक्षिण भेग बराहपोखरी गाउँपालिका हुँदै जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र साकेला गाउँपालिकाको केन्द्र जोड्ने पालिका स्तरिय सडकलाई कालोपत्रे गर्ने एजेण्डा अघि सारेका हुन् ।

    ‘दुई नम्बर क्षेत्रका पाँच वटा पालिका जोड्ने सडक हालसम्म कालोपत्र हुन सकेको छैन । यहाँका नागरिकले धेरै समस्या भोग्नु परेको छ । विजयी भएपछि यी तमाम समस्याको अन्त्य गर्नेछु,’ उम्मेदवार दंगालले भने, ‘साबिकको सदरमुकाम दिक्तेलसँग जोड्नका लागि बराहपोखरी हुँदै जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र साकेला गाउँपालिकाको केन्द्र जोड्ने पालिका स्तरिय सडकलाई कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
    उम्मेदवार दंगालले एमालेको घोषणा–पत्र अनुसार प्रदेशसभा (ख) मा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगारी जस्ता विषयलाई प्राथकितामा राखेर काम गर्ने बताएका छन् । दंगालले भने, ‘यति मात्र भन्छु, खोटाङ प्रदेशसभा (ख) का जनताले विकासको अनुभूति हुने काम गर्छु ।’
    दंगालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्दै स्वाभिमान र राष्ट्रियता बचाउने एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २३:४७:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको