खोटाङ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणनामा गठबन्धन दलको अग्रता कायमै छ । खोटाङ अदालत भवनमा भइरहेको मतगणनामा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) ले अग्रता लिएका छन् ।
तीन हजार एक सय १९ मत गणना हुँदा राईले नेकपा एमालेका विशाल भट्टराईभन्दा ७१ मतले अग्रता लिएका हुन् । राईले एक हजार ४३१ मत प्राप्त गर्दा भट्टराईले एक हजार ३६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, खोटाङ प्रदेशसभा (क) मा चार हजार ४३३ मत गणना हुँदा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी बिरबलकाजी राईले एक हजार ७०३ मत, नेकपा एमालेका पाँचकर्ण राईले एक हजार ७३, जनता समाजवादीका राकेश राई ६७० मत, (स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले १८९ मत पाएका छन् ।
यस्तै, खोटाङ प्रदेशसभा (ख) मा दुई हजार नौ सय २० मत गणना हुँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका भुपेन्द्र राईले १ एक हजार ५०१ मत, नेकपा एमालेका रामप्रसाद दंगालले एक हजार २६१ मत पाएका छन् ।