हलेसीमा बालाचर्तुदशी मेला, दर्शनार्थीको घुुईँचो

हलेसीमा बालाचर्तुदशी मेला, दर्शनार्थीको घुुईँचो

रोदिक खबर

६, मंसिर २०७९
  • 3.2K
    SHARES
  • हलेसीमा बालाचर्तुदशी मेला, दर्शनार्थीको घुुईँचो

    पूर्वको पशुपतिनाथ हलेसीमा बालाचतुर्दशीको दिन विहान देखि मेला भर्ने तथा दर्शन गर्ने भक्तजनहरुको घुइचो लागेको छ । त्रिधार्मीक संगमस्थल हलेसीमा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने गरेको छ ।

    बालाचतुर्दशीको अवशरमा मेला भर्न तथा दर्शन गर्नका लागि अहिले जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीहरुको बाक्लो भीड लागेको  हलेसी तुवाचङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताइन् ।

    halesi2.jpgप्रत्येक वर्ष मंसिर चतुदर्शीको दिन मनाइने बालाचर्तुदशी आज शतबीज छरि मनाइदै छ । हिजो  साझमा दिवङ्गत पितृका नाममा दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदैछ ।

    रातभर भजन कीर्तन गरी जाग्राम बसी आज आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हलेसी मन्दीर वरीपरी शतबीज छरिन्छ ।

    शतबीजमा धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने गरिन्छ । महाशिवरात्रीको दिन खोटाङस्थित त्रिधार्मिकस्थल हलेसीमा मेला भर्ने तथा दर्शन गर्नेको घुुुईँचो लागेको छ । हिन्दु, बौद्द र किरात धर्मावलम्बीका आस्थाको केन्द्र हलेसी क्षेत्रमा देशबिदेशवाट आउने दर्शनार्थीको भीड लागेको हो ।

    यस्तै, बालाचतुर्दशीको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक विदा दिएको छ । बालाचतुर्दशीको अवसरमा नगरपालिकाले  एक दिन नगर क्षेत्रभित्र सार्वजनिक विदा दिने गरेको छ।

    यस्तै, खोटाङ्गका विभिन्न धार्मिक स्थलहरु हलेसी सगै खोटाङ्गको मझुवाकालीका भगवति, बराहापोखरी, दिप्रुङ्ग चुइचुमाको राम्चे मा पनि बालाचतुदर्शीको अवसरमा मेला लाग्ने गर्दछ  । 

    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १०:२९:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको