आइतवार, कार्तिक १६ गते २०८३

विद्युत सर्ट हुँदा पसलमा आगलागी

विद्युत सर्ट हुँदा पसलमा आगलागी

रोदिक खबर

१०, मंसिर २०७९
  • 2.6K
    SHARES
  • विद्युत सर्ट हुँदा पसलमा आगलागी

    खोटाङ । खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल जलेको छ । विद्युत सर्ट हुँदा रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका बीरबहादुर बिश्वकर्माको दुई तले प्लाष्टर गरेको जस्ताको छाना हालिएको पसल घरमा आगलागी भएको हो ।

    शुक्रबार राती भएको आगलागीमा बिश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना पसल जलेर नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए ।

    आगलागीमा बिश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।

    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - १९:५६:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको