आइतवार, कार्तिक १६ गते २०८३

कम्प्युटर एसोसियसन महासंघ खोटाङको अध्यक्षमा विमला राई चयन

कम्प्युटर एसोसियसन महासंघ खोटाङको अध्यक्षमा विमला राई चयन

रोदिक खबर

१९, मंसिर २०७९
  • 2.9K
    SHARES
  • कम्प्युटर एसोसियसन महासंघ खोटाङको अध्यक्षमा विमला राई   चयन

    खोटाङ । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा खोटाङले नयाँ कार्य समिति चयन गरेको छ । क्यानको सोमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विमला राईको अध्यक्षतामा ७ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    क्यानको उपाध्यक्षमा कुमार बजिमय, सचिवमा खिला प्रसाद आचार्य, सह–सचिवमा प्रेमकुमार अधिकारी, कोषाध्यक्षमा राजु भट्टराई, सदस्यमा अजय बस्नेत र विनोद बस्नेत सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक अधिवक्ता ओम प्रकाश घिमिरेले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरेका थिए ।

    खोटाङ उद्योग वाणिज्य महासंघको कार्यालयमा क्यानका निर्वतमान अध्यक्ष मनोज कुमार बजिमयको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गरेका थिए ।

    अधिवेशन उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, खोटाङ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समुन्द्र प्रसाद जोशी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री लगायतको उपस्थिति रहेको थियो ।

    udghatan-all.png

    कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) को पहिलो पटक ६ फागुन २०७७ मा खोटाङमा समिति गठन भएको थियो ।

    प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - २१:४७:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको