खोटाङ । ज्योति विकास बैंक लिमिटेडले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा रहेको बाक्सिला स्वास्थ्य चौकीलाई बेबी वामर (न्यानो नानी) मेशिन प्रदान गरेको छ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकीलाई एक थान बेबी वामर मेशिन स्वास्थ्य चौकीमा मंगरबार कार्यक्रम गरी प्रदान गरिएको ज्योति बिकास बैंक दिक्तेल शाखाका प्रमुख तारा श्रेष्ठले जानकारी दिए।
बैंकका शाखा प्रमुख श्रेष्ठ लगायतका कर्मचारीले गाउँपालिका अध्यक्ष समिर राई, बाक्सिलाका वडाध्यक्ष खड्ग बहादुर तामाङ, गाउँपालिकाका प्रशासन शाखा प्रमुख ध्रुर्बराज राईलाई सामूहिक रुपमा मेशिन हस्तान्तरण गरेका थिए।
बेबी वामरले आमाको पेटबाट बाहिर (जन्म लिएका) आएका नवजात शिशुलाई आमाको पेटमा सरह तापक्रम मिलाएर न्यानो बनाउनमा सहयोग गर्ने स्वास्थ्य चौकी प्रमुख विश्वबिना राईले बताईन्।
बैंकको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने उत्तरदायित्व अनुसार बेबी वामर मेशिन सहयोग गरिएको प्रमुख श्रेष्ठले बताए। श्रेष्ठका अनुसार २०७७ सालमा जिल्ला अस्पताल दिक्तेल र गत वर्ष चिउँरीडाँडा स्वास्थ्य चौकीलाई बेबी वामर मेशिन प्रदान गरिएको छ।